आज (शनिबार) विजया दशमीको मुख्य दिन। अर्थात् आफ्ना मान्यजनबाट दुर्गा भवानीको प्रसादका रुपमा रातो टीका र जमरा ग्रहण गर्ने दिन।
आम नेपालीले आज मान्यजना हातबाट बडा दसैँको टीका लगाएर हर्षोल्लासका साथ दसैँ मनाए।
आज आफ्ना मान्यजनहरूबाट मात्र नभई विभिन्न उच्चपदस्थ व्यक्तिहरूबाट समेत कैयौँ सर्वसाधारणले दसैँका टीका ग्रहण गरे।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले विगतका वर्षहरू जस्तै सर्वसाधारणलाई टीका लगाइदिए।
शनिबार पूर्वराजाकहाँ टीका थाप्न जाने सर्वसाधारणको निकै चहलपहल थियो। पूर्वराजको निवासमा टीका लगाउन सर्वसाधारणदेखि सेलिब्रेटीसम्म लाम लागेको देखिन्थे। त्यही भिडमा थिए कलाकार मनिषा कोइराला र सन्तोष पन्त।
पूर्वराजाले आफ्नो निवासमा आएका सबै जनालाई पालैपालो टीका लगाइदिएका थिए।
हेरौँ तस्बिर!




































309
Shares

प्रतिक्रिया