करिब दुई वर्षअघि मात्रै काठमाडौँको खुलामञ्च कंक्रिट, हिलो, पानी, घाँस र माटोको थुप्राले भरिएको थियो। एक दशकअघिसम्म सभा, विरोध र धर्नाका प्रायः सबै कार्यक्रम हुने खुलामञ्चमा पछिल्लो दुई वर्षमा धेरै परिवर्तन भए।
झण्डै तीन वर्षदेखि खुलामञ्च आम सर्वसाधरणको पहुँचभन्दा बाहिर छ। विसं २०७३ देखि २०७८ सालसम्म खुलामञ्चमा बसपार्क समेत सञ्चालन भयो।
काठमाडौँ महानगरपालिकाले उक्त बसपार्क हटायो। ०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएपछि उनले यो क्षेत्रको सरसफाइ र सर्वसाधारणको सहज उपस्थिति हुनुपर्ने मत राखे।
खासमा महानगरपालिकाले २ वटा फुटबल मैदानसहितको पार्क बनाउने निर्णय नै गरेको थियो।
त्यसको विरोधमा सरोकारवालाहरू उत्रिए। फुटलब मैदान र र्पाकको अवधारणअघि महानगरले यहाँ भूमिगत पार्किङको योजना पनि अघि सार्यो।
तर, विवादमा परेपछि रोकियो। यद्यपि अहिले खुलामञ्चमा अहिले महानगरले डोजर चलाइरहेको छ।
खुलामञ्च काठमाडौँ महानगरपालिका–२८ मा पर्छ। महानगरले यहाँ कुनै संरचना नै खडा नहुने तर, खुलामञ्च खुला राख्नुपर्छ भन्नेगरी काम भइरहेको बताएको छ।
महानगरपालिका योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीका अनुसार खुलामञ्चमा सरसफाइ मात्रै गर्न लागिएको हो।
उनका अनुसार वर्षौँ फोहोर बसेको यो ठाउँलाई दुबो रोपेर सरसफाइ गर्ने काम भइरहेको छ। दुबो रोप्ने र सरसफाइ गर्ने कार्य चलिरहँदा फोहोर र कंक्रिट थुप्रिएको खुलामञ्च केही सुन्दर देखिन थालेको छ।
तस्बिरहरूः












Shares

प्रतिक्रिया