फोटोफिचर


विस्तारा एयरमा ‘बम’को खोजी भइरहँदा यस्तो देखियो विमानस्थलको अवस्था (तस्बिरहरू)


सरोज बैजु
कात्तिक ६, २०८१ मंगलबार २०:२३, काठमाडौँ

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको विस्तारा एयरलाइन्सको विमानमा बम भएको हल्लापछि अहिले सुरक्षाकर्मीले विमान र यात्रुका लगेज जाँच गरिरहेका छन्।

अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घण्टासम्म सर्च गर्नुपर्ने हुन्छ।

काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण वज्राचार्यका अनुसार, विमानमा १४७ जना यात्रु र १० जना क्रू मेम्बर (विमानका कर्मचारी) रहेको पाइएको छ।

जहाजमा बम रहेको हल्लापछि बम डिस्पोजलसहितको टोलीले विमानलाई छुट्टै राखेर यात्रुहरूको लगेज एक्स–रे गरिरहेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसएसपी डम्बर विकले बताए।

यस्तै विमानभित्र अहिले नेपाली सेनाको बम डिस्पोजल टोली, बम पत्ता लगाउने कुकुरसहित नेपाल प्रहरीले संयुक्त रूपमा सर्च गरिरहेको छ।

विमानस्थल केही बेर अबरुद्ध हुँदा यात्रुको भिड लागेको थियो। अहिले विमानस्थल सुचारु भइसकेको छ।

हेरौँ विमानस्थलका केही तस्बिरहरू :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad