आफ्ना सभापतिलाई पक्राउ गरेर हिरासतमा राखेपछि आक्रोशित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ता पोखराबाट काठमाडौँ ‘सिफ्ट’ भएका छन्।
शुक्रबार उनीहरूले माइतीघर मण्डलामा प्लेकार्डसहित भेला भएर रवि लामिछाने पक्राउको विरोध गरेका हुन्।
लामिछाने पक्राउलाई उनीहरूले ‘दुई तिहाइको दम्भ’ भन्दै सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। ‘राजनीतिक प्रतिशोधको खेल बन्द गर!, ‘लोकतन्त्रमा अन्यायलाई ठाउँ छैन!’ जस्ता प्लेकार्ड बोकेका प्रदर्शनकारीले ‘८८ अर्ब फिर्ता गर’ भन्दै सहकारी पीडितको पक्षमा पनि नाराबाजी गरेका छन्।
रास्वपा सभापति लामिछाने सहकारीको पैसा गोर्खा मिडियामा लगेर अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा छन्।
तस्बिरमा हेर्नुहोस् रास्वपाको विरोध प्रदर्शन:














414
Shares

प्रतिक्रिया