फोटोफिचर


गर्मी छल्न चन्द्रागिरि कालु पाण्डे पार्कको यात्रा (तस्बिरहरू)


जनार्दन पोखरेल
जेठ १, २०८२ बिहिबार १६:८, काठमाडौँ

पानी नपर्दा विगत केही दिनदेखि देशैभरिको तापक्रम वृद्धि हुँदै गएको छ। वर्षाको अभावमा तराई मधेस क्षेत्रमा मात्र होइन, काठमाडौँसहितका पहाडी भूमागमा पनि गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ।

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्रीसम्म पुग्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

त्यस्तै, तराई मधेससँगै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि गर्मी अझ बढ्ने महाशाखाको अनुमान छ। आज सबैभन्दा बढी तापक्रम दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा मापन हुने अनुमान महाशाखाको छ। ती ठाउँमा तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने अनुमान महाशाखाले गरेको छ। हिजो पनि तराई मधेसका धेरै ठाउँको तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहे पनि अपेक्षाकृत पानी पर्न सकेको छैन।

काठमाडौँमा आज बिहानैदेखि चर्को घाम लागिरहेको छ। काठमाडौँको गर्मी छल्न सहरबाट केही पर रहेका डाँडाकाँडामा गएर रमाउने क्रम पनि बढेको छ।

त्यसरी रमाउने राजधानी नजिकैको ठाउँमध्ये एक हो- चन्द्रागिरिको कालु पाण्डे समाधि पार्क। काठमाडौँ उपत्यकालाई छर्लङ्ग देखिने ऐतिहासिक स्थल कालु पाण्डे पार्कमा रहेको भ्युटावरमा आजभोलि दैनिक सयौँ मानिस पुग्ने गरेका छन्।

चन्द्रागिरिस्थित कालु पाण्डे पार्कबाट लिइएका केही तस्बिर–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad