फोटोफिचर


लकडाउनले भोकै जनावरलाई दानी हातको साथ (फोटोफिचर)


प्रविन कोइराला
चैत २६, २०७६ बुधबार ५:४८,

लकडाउनले दुई हप्ता पार गरिसकेको छ। विश्व महामारी कोरोना भाइरस फैलिने डरले सरकारले आह्वान गरेको लकडाउनपछि मानिसहरु घरभित्रै छन्। २/४ दिनको खाद्यान्न पुग्ने गरी सञ्चित गरेर मानिसहरुले जीवन धानिरहँदा राजधानीका विभिन्न धार्मिक स्थान र सडकका जनावरहरु भने भोकै हुनथालेका छन्।

बानियाँटारका निरज रायमाझी र उनको परिवारले जनावर भोकै भन्ने समाचार सुने–पढेपछि दैनिकजसो ती जनवरलाई खुवाउने काम गरिरहेका छन्। पेशाले विद्युतीय सामान व्यवसायी दिलीप रायमाझी सरकारले यी जनावरको पनि ख्याल गर्नुपर्ने बताउँछन्।

यसरी केही दानी हातहरु फाट्टफुट्ट पुगेर पशुपति, स्वायम्भूलगायतका बाँदरलाई आहार खुवाउँछन् तर त्यतिले पुग्ला त! सडकपेटीमा राखेका गमलामा हरेक बिहान ट्यांकरै बोकेर पानी हाल्न पुग्ने महानगरले संकटको घडीमा यी जीवजन्तुलाई पनि आहार खुवाउन आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad