मनसुन सुरु भएसँगै बया तोपचराको समागमको मौसम सुरु हुन्छ। बया तोपचरा समूहमा बस्न रुचाउँछ। खानेकुुरा र पानी भएको ठाँउ हेरेर एकै ठाउँमा २० देखि ३० ओटासम्म झुण्डिएका गुँडहरु बनाउँछ।
बया तोपचरा आफ्नो गुँड बनाउनका लागि निकै मेहनत गर्दछ। माटो, पात पतिंगर चुच्चोले बटुलेर मिहिन र सुन्दर घर तयार गर्दछ जुन उसका भावी बचेराहरुका लागि सुरक्षित बासस्थान हुनेछ।
भाले तोपचरा दिनभर सुन्दर गुँड बनाउन तल्लीन रहन्छ। विहान र बेलुका बढी सक्रिय हुन्छ र काम गर्दैै पोथीलाई आर्कषित पार्दछ। पोथीहरुले सबैभन्दा सुन्दर गुँड छानेर त्यस गुँडभित्र २ देखि ४अण्डा पार्छन्।
भाले रंगाीचंगी हुन्छ, टाउकोमा पहेंलो रंगको क्राउन हुन्छ तर पोथाी सामान्य हुन्छ।
3
Shares

प्रतिक्रिया