फोटोफिचर


पशुपतिमा तीजको रौनकका २० तस्बिर (फोटोफिचर)


प्रविन कोइराला
भदौ १६, २०७६ सोमबार ६:४४,

हिन्दु नारीहरुले पशुपतिनाथ मन्दिरमा आफ्नो महान पर्व तीज हर्षोउल्लासका साथ मनाईरहेका छन्।

रातो सारीमा सजिएका नारीहरुले तीजको अवसर पारेर सोमबार बिहानैदेखि पशुपतिनाथको दर्शन गरी पशुपतिनाथ परिसरमा नाचगान गरिरहेका हुन। तीजको दिन ब्रत बसे मनले आँटेको पुग्ने विश्वासका साथ पशुपतिनाथ दर्शन गर्न पुगेका हिन्दु नारीहरुले यस वर्ष दर्शनका लागि पशुपति क्षेत्रका विशेष व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरेका छन्। वृद्धा आमाहरुले पनि विगत वर्षहरुमा भन्दा यस वर्ष पशुपतिनाथ दर्शनका लागि सहज भएको प्रतिक्रिया दिएका छन्। उनीहरुले आफ्नो स्वास्थ्यलाई पनि ख्याल गरेर फलफूल र पानी खाएर तीजको ब्रत बसेको पनि बताएका छन्।

यता, पशुपति क्षेत्र विकास कोषले पनि बिहान ३ बजेबाटै दर्शनका व्यवस्था मिलाइएको जनाएको छ। कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बिहान ३ बजेदेखि नै दर्शनार्थीहरुले लाईन बसेको पशुपतिनाथको दर्शन गरी बाहिर परिसरमा आएर नाचगान गरिरहेको जानकारी दिए। कोषले यस वर्ष करिव ७ लाखले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको पनि बताएको छ।

तीजको अवसर पारेर सुरक्षाको उचित प्रबन्ध गर्न पशुपतिनाथ क्षेत्रमा करिव ४ हजार सुरक्षाकर्मी पनि परिचालन गरिएको छ। चार वटै सुरक्षा निकायबाट परिचालन गरिएका सुरक्षाकर्मीहरुले हरेक लाईनमा बसेर सुरक्षा दिईरहेका छन्। उनीहरुले वृद्धा, अशक्त दर्शनार्थीहरुलाई पशुपतिनाथ मन्दिरमा दर्शन गराउने काम पनि गरिरहेका छन्।

दर्शनार्थीहरुलाई सहज ढंगले पशुपतिनाथको दर्शन गराउन स्वयम सेवक पनि परिचालन गरिएको छ भने स्वास्थ्य शिविर तथा खोज खवर शिविरको पनि व्यवस्था गरिएको छ।

विगत वर्षहरुमा भन्दा यस वर्ष तीजमा पशुपतिनाथमा दर्शनार्थी बढेको पनि पशुपति क्षेत्र विकास कोषको दावी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad