राष्ट्रपति रामचन्द्र पौडेलले देशका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले ती व्यक्तिहरुलाई विभूषण प्रदान गरेका हुन्।
राष्ट्रपतिले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, महानायक राजेश हमाल, अभिनेता दीपकराज गिरी, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, अभिनेता मदनकृष्ण श्रेष्ठसहितलाई विभुषण प्रदान गरेका हुन्।
विभूषण वितरण हुँदा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी थिए।









87
Shares

प्रतिक्रिया