ad ad

राजनीति


उपप्रधानमन्त्रीमा शशांक, सुजाता र प्रकाशमानमध्ये एक !

उपप्रधानमन्त्रीमा शशांक, सुजाता र प्रकाशमानमध्ये एक !

केशव सावद
साउन ४, २०७८ सोमबार १६:१९,

नेपाली कांग्रेसको संस्थापनइतर समूह उपप्रधानमन्त्रीमा दाबी गरेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलसहित आज बसेको बैठकले महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह र सुजाता कोइरालामध्ये एकजनालाई उपप्रधानमन्त्री बनाउन सिफारिस गर्ने निर्णय गरेको छ। 

महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसिरहेको संस्थापन इतर समूहको बैठकले ती तीन नेतामध्ये एकलाई उपप्रधानमन्त्रीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गर्ने निर्णय लिएको हो। 

यी तीनमध्ये एक नेतालाई उपप्रधानमन्त्रीका रुपमा सरकारमा पठाउन देउवासँग छलफल गर्ने निर्णय आजको बैठकले गरेको छ। 

'शशांक, सुजाता र प्रकाशमानमध्ये कुनै एक जनालाई उपप्रधानमन्त्री बनाउनका लागि प्रधानमन्त्री समक्ष सिफारिश गर्ने निष्कर्ष बैठकले निकालेको छ', एकजना नेताले भने, 'बैठकले पहिले उपप्रधानमन्त्री निश्चित गरेर मात्रै अन्य मन्त्रालयबारे थप निर्णय लिने छ।'

आजको यो बैठक १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणमा देखिएको विवादबारे छलफल गर्न बसेको हो। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. कोइराला, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, डा. शेखर कोइराला सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .