लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वर्तमान सरकारले एमालेसँगको रिस भूमिहीन सुकुम्बासीमाथि पोखेको आरोप लगाएका छन्।
केपी ओली नेतृत्वको सरकारले गठन गरेको भूमि समस्या समाधानसम्बन्धी आयोगलाई खारेज गर्ने सरकारको निर्णयप्रति पोखरेलले आपति प्रकट गरेका हुन्।
‘एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी हो,’ एमाले स्थायी समिति सदस्यसमेत रहेका पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गल्ती सच्याई आयोगलाई पुनः सकृय बनाउन सरकारलाई दबाब सिर्जना गरौँ।’
33
Shares

प्रतिक्रिया