राजनीति


डिला संग्रौलाको आग्रह : गोर्खा सैनिक अनशनमा छन्, सरकारले सुनोस्

डिला संग्रौलाको आग्रह : गोर्खा सैनिक अनशनमा छन्, सरकारले सुनोस्

नेपालखबर
साउन २९, २०७८ शुक्रबार १४:१०, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले आमरण अनशनमा बसेका गोर्खा सैनिकको जीवन रक्षाका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले न्यायका लागि लण्डनमा आमरण अनशनरत गोर्खा सैनिकको जीवन रक्षाका लागि तत्काल कूटनीतिक पहल थाल्न सरकारसँग माग गरेकी हुन्।

सरकारले बेलायत सरकारसँग तत्काल कूटनीतिक माध्यमबाट वार्ता समिति गठन, वार्ताको मिति र स्थान तोक्न पहलका लागि उनले आग्रह गरिन्।

संसारभरि नेपालको शिर ठाडो पारेका गोर्खाहरुलाई मर्का पर्दा साथ दिनु सबै नेपालीको दायित्व भएको उनको भनाइ थियो। 

‘संसारभर बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै आमरण अनशन बसिरहेका छन्', उनले भनिन्, 'उनीहरुको जीवन रक्षा गर्नु नेपाल सरकारको कर्तव्य हो।’ 

गोर्खा सैनिकहरु न्याय माग्दै शनिबारदेखि बेलायतका प्रधानमन्त्रीको कार्यालय नजिकै आमरण अनशनमा बसेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad