राजनीति


प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले गरे पदभार ग्रहण

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख मिश्रले गरे पदभार ग्रहण

शैलेन्द्र महतो
भदौ २, २०७८ बुधबार १६:४२, जनकपुरधाम

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन्। बुधबार जनकपुर आएर प्रदेश प्रमुख मिश्रले मधेश भवनमा रहेको प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेका हुन्। 

मन्त्रिपरिषदको सिफारिसमा मंगलबार प्रदेश प्रमुखमा नियुक्त भए लगत्तै मिश्रले शपथ लिएका थिए। 

प्रदेश प्रमुखमा नियुक्त भएर जनकपुर आएका मिश्रलाई जनकपुर विमानस्थलमा स्वागत गरिएको थियो। प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले विमानस्थलमा फूलमालाले स्वागत गरेका हुन्। 

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख मिश्रले शान्ति र अमनचयनका लागि काम गर्ने बताए। उनले प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताउँदै निष्पक्ष रुपमा आफ्नो कर्तव्य पुरा गर्ने बताए। नेपाली कांग्रेसको कोटाबाट प्रदेश २ प्रमुखमा नियुक्त भएका मिश्र महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। 

तत्कालिन केपी शर्मा ओलीको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश झा अहिराजलाई देउवा सरकारले पदमुक्त गरी मिश्रलाई नियुक्त गरेको हो। प्रदेश प्रमुखबाट पदमुक्त भएका झा बुधबार नै विदा भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .