ad ad

राजनीति


एमालेको सांसदहरूको व्यवहार अमर्यादितः सभामुख

एमालेको सांसदहरूको व्यवहार अमर्यादितः सभामुख

नेपालखबर
भदौ ४, २०७८ शुक्रबार १४:५९, काठमाडौँ

सभामुख अग्नि सापकोटाले नेकपा एमालेका नेताहरू बिहीबार संसदीय मर्यादा नाघेर प्रस्तुत भएको प्रतिक्रिया दिएका छन्।

आफू निकटहरूसँगकाे परामर्शमा सभामुख सापकोटाले एमाले सांसदहरू आफ्नै कार्यकक्षमा आएर अमर्यादित, असंसदीय गतिविधि गरेको बताएका हुन्।

सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुखले आफू माथि गरिएको व्यवहार अमर्यादित र संसदीय चरित्रको नभएको बताएकाे जानकारी  दिए।

बिहीबार एमालेका माधव नेपाल सहितका १४ नेतालाई छिटो पदमुक्त गनुपर्ने भन्दै एमाले सचेतक विशाल भट्टराई सहित १४ नेता सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबार पुगेका थिए।

बिहीबार विहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टाको अवधिमा उनीहरुले सभामुख सापकोटालाई तत्काल कारवाही प्रक्रिया नगरे बल प्रयोग गर्न बाध्य हुने जस्ता चेतावनी दिँदै चर्काचर्की गरेका थिए।

‘एमालेका नेताहरुले सभामुखमाथि हिजो गर्नुभएको व्यवहार शोभनीय भएन,’ न्यौपानेले भने, ‘सभामुख जस्तो सम्मानित व्यक्तिमाथि गरिएको असंसदीय, अमर्यादित व्यवहार, शब्द चयनले सीमा नाघेको महसुस भएको छ।’
प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजै दिएको अभिव्यक्ति समेत मर्यादित नभएको उनले बताए।

‘प्रमुख प्रतिपक्षी दलका नेताले दिनुभएको असंसदीय र अमर्यादित अभिव्यक्तिले वातावरण बिगार्न उद्यत रहेको देखिन्छ,’ न्यौपानेले थपे ।

सभामुख सापकोटालाई आजपनि माधव नेपाल सहितका १४ नेतामाथि कारवाही प्रक्रिया छिटो अघि बढाउन माग गर्दै सचेतक शान्ता चौधरी, महेश बस्नेतसहितका टोली सिंहदरबार पुगेको थियो। तर सभामुख सापकोटा नआएपछि उनीहरु फर्किएका थिए।

'आज सभामुखको निर्धारित कार्यक्रम थियो, त्यसैले उक्त समयमा उहाँ सिंहदरबार नजानुभएको हो,’ न्यौपानेले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .