राजनीति


प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर

शैलेन्द्र महतो
भदौ १३, २०७८ आइतबार १५:१९, जनकपुरधाम

प्रदेश २ का दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ।

मुख्यमन्त्री लालबाबु राउतले अर्थमन्त्री र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्।

सरकार स्थापना भएदेखि अर्थमन्त्री रहेका विजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको र सो मन्त्रालयमा रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो।

दुवै जना जसपाबाट मन्त्री  बनेका हुन्। मन्त्रीद्वयको जिम्मेवारी किन हेरफेर गरिएको भन्ने कारण खुल्न सकेको छैन।

सरकार निर्माणकै चरणमा मन्त्री यादवले मुख्यमन्त्री दावी गरेका थिए। उनी जसपा प्रदेश २ का अध्यक्ष हुन्। उनले जसपा संसदीय दलको नेता र मुख्यमन्त्री बन्ने चाहना राख्दै आएका छन्।

पछिल्लो समय मुख्यमन्त्री राउत र अर्थमन्त्री रहेका यादवबीच खटपट हुँदै आएको छ।

प्रदेश २ मा हाल जसपा, नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनको सरकार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .