ad ad

राजनीति


विवेकशील साझाः संयोजक पाण्डेका पक्षमा ३९ केन्द्रीय सदस्य (नामसहित)

विवेकशील साझाः संयोजक पाण्डेका पक्षमा ३९ केन्द्रीय सदस्य (नामसहित)

फाइल तस्बिर : विवेकेशील साझा पार्टीका संयोजक मिलन पाण्डे।


नेपालखबर
भदौ १७, २०७८ बिहिबार १२:५१, काठमाडौँ

फुट-उन्मुख विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले डाकेको केन्द्रीय समिति बैठकमा ३९  जना केन्द्रीय सदस्यको उपस्थिति देखिएको छ।

अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझा दुई समूहमा विभाजन भएको हो। 

यस क्रममा अध्यक्ष मिश्र र संयोजक पाण्डेले आज एकै दिन छुट्टाछुट्टै केन्द्रीय समिति बैठक राखेका हुन्। ​

एकअर्कालाई बहुमत ‘देखाउने’ हाेडमा डाकिएका केन्द्रीय समिति बैठक हेर्दा पाण्डे समूह कमजोर देखिएको हो।

यो पनि: पार्टी फुटउन्मुख भएपछि मिलन पाण्डेलाई रविन्द्र मिश्रको १४ बुँदे जवाफ (पत्र सहित)

यो पनि: विवेकशीलमा लफडा: एक अर्कालाई कारवाही गर्ने तयारीमा मिश्र र पाण्डे

पाण्डे पक्षको बैठक चलिरहँदा मिश्र पक्षको बैठक केही बेरमा सुरु हुँदै छ।

विवेकशील साझामा १३० केन्द्रीय सदस्य छन्। पार्टीको विधानअनुसार कुनै पनि निर्णय गर्दा सामान्य बहुमत अर्थात् ६५ जना आवश्यक हुन्छ। 

पाण्डे पक्षले डाकेको केन्द्रीय समिति बैठकमा उपस्थित सदस्य-
मिलन पाण्डे, महेश पाठक, अखिलेश मिश्र, आशुतोष तिवारी, भक्तराज पन्त, भपदेव शाह, विमल तामाङ, विराजभक्त श्रेष्ठ, चण्डिका तिमल्सिना, रमेश पौड्याल, अनुशा थापा, रञ्जु दर्शना, हरिशप्रसाद भट्ट, दीपक पौडेल, हरिकृष्ण श्रेष्ठ, प्रतिभा डंगोल, राज्यलक्ष्मी श्रेष्ठ, शरण कार्की, शिशिर बञ्जारा, श्रीकृष्ण श्रेष्ठ, सिर्जना खड्का, सुबुना बस्नेत, सुदन मानन्धर, यमनारायण खनाल, सुरेश भट्ट, केशव दाहाल, पुकार बम, दीपा अर्याल, सकला लामिछाने, पुरुषोत्तम दहाल, विवेश शर्मा, सरोज गौतम, जमुना सुवेदी, राम पुकार महरा, कमलेश्वरप्रसाद पाठक, प्रकाश आचार्य, सुस्मित पोखरेल ,वृत्तान्त खनाल र रमेश विष्ट। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .