ad ad

राजनीति


समानान्तर गतिविधि नरोके पाण्डे पक्षलाई मिश्र पक्षले कारबाही गर्ने

समानान्तर गतिविधि नरोके पाण्डे पक्षलाई मिश्र पक्षले कारबाही गर्ने

नेपालखबर
भदौ १७, २०७८ बिहिबार १९:३७, काठमाडौँ

विवेकशील-साझा पार्टीमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने भएको छ।

बिहीबार बसेको बैठकपछि पार्टीका संयोजक मिलन पाण्डे पक्षले समानान्तर गतिविधि नरोके कारबाही अघि बढाउने निर्णय लिएको हो। 

समानान्तर गतिविधि गरेको भन्दै पाण्डेसहितका नेताहरुलाई सचेत गराउने निर्णय पनि बैठकले गरेको प्रवक्ता शरदराज पाठले बताएका छन्। 

पाठकका अनुसार पार्टी विधान विपरीत समानान्तर गतिविधि तत्काल नरोकेमा पाण्डेसहितमाथि केन्द्रीय कमिटीको बहुमत बैठकबाट कारबाही थालिनेछ।

'बैठकले सामाजिक सञ्जालमा पार्टी र अध्यक्ष मिश्रविरुद्ध अमर्यादित टिप्पणी गर्नेलाई त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ', पाठकले भने, 'त्यस्ता गतिविधि निरन्तर जारी राखेमा कारबाही हुनेछ।'

पाठकले आगामी केन्द्रीय कमिटी बैठकमा पाण्डेसहितका असन्तुष्ट नेताहरुलाई सहभागी गराउनेबारेमा पनि कुरा भएको बताएका छन्। 

‘अब बस्ने केन्द्रीय समिति बैठकमा असन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयास गर्ने निर्णय भएको छ। त्यसका लागि अध्यक्षले अर्को बैठक एक सातामै बोाउनले निर्णय गरेका छौँ', उनले भने, 'बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधि मस्यौदा पेश गर्ने जिम्मा अध्यक्षलाई दिएका छौँ।'

पाठकका अनुसार यो बैठकमा १०१ केन्द्रीय सदस्य उपिस्थत थिए। तर पार्टी विभाजनमा जाने अवस्था आएपछि नेताहरु दुवैतिरको बैठकमा भाग लिइरहेका छन्।

उता मिलन पाण्डे पक्षको बैठकले न्याय तथा सुशासन आयोग गठन प्रक्रिया थाल्ने जनाएको छ। 

पाण्डे पक्षले पार्टी फुटाउन चाहनेहरुलाई निरुत्साहित गर्दै एकीकरणको घोषणा पत्र, निर्वाचन प्रतिवद्धता पत्र पालना गराउने पक्षमा पार्टी पंक्तिलाई अपील गर्ने निर्णय लिएको छ।

मिश्र पक्षको निर्णअघि नै पाण्डे पक्षको बैठकबाट यी निर्णय भएका हुन्। पाण्डेले शुक्रबारलाई पनि केन्द्रीय समिति बैठक डाकेका छन्। 

विवेकशील-साझामा अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाएपछि विवाद बढेको छ। पाण्डे पक्षले मिश्रको यही कुरालाई लिएर आपत्ति जनाउँदै आएको छ। त्यसपछि एमालेमा जस्तै यो पार्टीमा पनि समानान्तर कमिटी चलेका छन् 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .