ad ad

राजनीति


गठबन्धन कायम राख्न यथास्थितिमा एमसीसी अगाडि बढाउनु हुन्न : पोखरेल

गठबन्धन कायम राख्न यथास्थितिमा एमसीसी अगाडि बढाउनु हुन्न : पोखरेल

शैलेन्द्र महतो
असोज १७, २०७८ आइतबार १६:१०, जनकपुरधाम

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले एमसीसी यथास्थितिमा अगाडि बढाउन नहुने बताएका छन्।

महोत्तरीको गौशाला नगरपालिकाको गौशाला दर्पण पुस्तक विमोचन गर्दै पूर्वशिक्षा मन्त्रीसमेत रहेका नेता पोखरेलले पाँच दलीय गठबन्धनको कार्यगत एकता व्यवस्थित ढंगले अगाडि बढाउन पनि एमसीसी यथास्थितिमा पास गर्न नहुने बताए।

कार्यक्रममा संविधानसभा सदस्य समेत रहिसकेका कांग्रेस नेता सीताराम भण्डारीले वर्तमान गठबन्धन वैचारिक ढंगले अघि बढ्नुपर्ने र निर्वाचनसम्मै गठबन्धन रहनुपर्नेमा जोड दिएका थिए। भण्डारीकै प्रसंग केलाउँदै नेता पोखरेलले यस्तो बताएका हुन्।

‘कसैले यथास्थितिमा पास गर्नुपर्छ भन्छन्, कसैले अस्वीकार गर्नुपर्छ भन्छन्’ उनले भने, ‘म चाहिँ यसलाई राष्ट्रिय हितमा ढाल्नु पर्छ। र दलहरूको बीचमा सहमत हुनुपर्छ। यसले कार्यगत एकता ठीक ढंगले जान्छ। मुलुकलाई पनि राष्ट्रिय हितमा लैजान सकिन्छ।’

उनले यथाशिघ्र मन्त्रिमण्डल विस्तार गरी सरकारले प्रभावकारी काम गर्नुपर्ने पनि बताए।

अर्को प्रशंगमा नेता पोखरेलले चुरे विनाशलाई रोक्न र वृक्षारोपण अभियानलाई गति दिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .