नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा पनि आफूहरुले जित्ने बताएका छन्।
शुक्रबारदेखि जारी विधान महाधिवेशनका क्रममा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आइतवार जवाफ दिँदै ओलीले यस्तो भनेका हुन्।
'हामीले हिजो पनि जितेका हौँ, आज पनि जित्छौँ, भोलि पनि जित्दैछौँ, हामी जित्दैछौँ', उनले भने, 'देश अब बन्न सकेन भने हामीले जिम्मा लिनुपर्छ, अरुलाई दोष दिँदैनौँ।'
उनले सानातिना धक्काले आफूहरु नरोकिने बताए। 'सानातिना धक्का र हावाका झोक्काहरुले हाम्रो विजय यात्रालाई प्रतिकूल प्रभाव पार्न सक्दैन', उनले भने, 'यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ। वैचारिक र अन्य हमला पनि भइरहेका छन्। विचार र संगठनमाथि पनि हमला भइरहेका छन्।'
भिडिओ
Shares

प्रतिक्रिया