आईसीटी अवार्डलाई हुवावेले एसोसिएट स्पोन्सरको रुपमा सहयोग गर्ने भएको छ।
यो अवार्ड आगामी डिसेम्बर महिनामा हुँदै छ।
यसअघि शनिबार नयाँबानेश्वरस्थित थापागाउँमा रहेको प्रेसिडेन्सियल बिजनेस स्कुलमा स्टार्टअप एन्ड इन्नोभेसन फेस्ट २०२१ मा हुवावे पनि सहभागी थियो। उक्त फेसटमा प्रडक्ट, स्टार्टअप र राइजिङ स्टार इनोभेसन क्याटेगोरीमा फाइनल पुग्नेहरुले आआफ्ना प्रडक्ट र इनोभेटिभ आइडिया प्रस्तुत गरेका थिए।
नेपालमा हुवावे क्लाउडका प्रमुख इभान मोले सबै फाइनलिस्टहरुको प्रशंसा गरे। यसलाई उनले आईसीटी उद्योगको लागि उत्प्रेरक समय भएको बताए। हुवावेले सबैखाले नेपाली स्टार्टअपलाई आफ्नो क्लाउडबाट सेवा दिन सक्षम रहेको बताए।
उक्त कार्यक्रममा आईसीटी अवार्डका प्रमुख राजन खनालले हुवावेले कार्यक्रमलाई सहयोग गरेकामा प्रशंसा गरे।
Shares

प्रतिक्रिया