ad ad

राजनीति


मन्त्रिमण्डललाई पूर्णता दिन सत्तारुढ शीर्ष नेताको बैठक

मन्त्रिमण्डललाई पूर्णता दिन सत्तारुढ शीर्ष नेताको बैठक

नेपालखबर
असोज २१, २०७८ बिहिबार १४:५०, काठमाडौँ

मन्त्रिमण्डललाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकले सबै दलबाट पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउने बताइएको छ।

माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ। यस्तै नेकपा एकीकृत समाजवादीले पनि विहीबार मध्यान्ह बसेको स्थायी कमिटीले नाम टुंगो लगाएको छ। 

उता जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेहरुको नाम तय गरिसकेको छ। अहिलेको बैठकमा केही मन्त्रालयका विषयमा समझदारी बनाएर आजै मन्त्रीहरुको शपथ गराउने तयारी छ।

गठबन्धनबीचमा कुन दलले कुन कुन मन्त्रालय लिने समझदारी भएपनि केही मन्त्रालयका विषयमा एकीकृत  समाजवादी र जसपाले असन्तुष्टि जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .