ad ad

राजनीति


कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

फाइल तस्बिर : कांग्रेस नेता मोहनबहादुर बस्नेत।


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १०:२२, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्।

उनलाई रुघाखोकी र ज्वरो देखिएपछि सोमबार काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।

कांग्रेस अधिवेशनका क्रममा गृह जिल्ला सिन्धुपाल्चोकमा रहेका नेता बस्नेत रुघाखोकी र ज्वरोबाट पीडित भएका हुन्।

जाँचका क्रममा चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको नेता बस्नेतका सञ्चार सहयोगी रामचन्द्र दुलालले जानकारी दिए।

उनी पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न गठित स्वास्थ्य समितिका संयोजकसमेत हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .