राजनीति


एमाले महाधिवेशनः प्रदेश २ बाट छानिए २३४ प्रतिनिधि

एमाले महाधिवेशनः प्रदेश २ बाट छानिए २३४ प्रतिनिधि

फाइल तस्बिर


शैलेन्द्र महतो
मंसिर ८, २०७८ बुधबार १२:२३, काठमाडौँ

नेकपा एमाले दसौं महाधिवेशनका लागि प्रदेश २ बाट २ सय ३४ जना प्रतिनिधि छानिएका छन्। 

धनुषाबाट ५३, महोत्तरीबाट २५, सर्लाहीबाट १५, रौतहटबाट २७,  बाराबाट ३८, पर्साबाट २७, सिरहाबाट १७ र सप्तरीबाट २० जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश २ का सचिव मनोज खड्काले जानकारी दिए। 

उनका अनुसार प्रदेश कमिटीबाट ५ जना मनोनीत गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो।  

केन्द्रले पनि आज प्रदेश २ बाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने जानकारी उनले दिए। 

‘अहिलेसम्म मोटामोटी २ सय ३४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका हुन्। यसमा अझै केही थपघट हुन सक्छ’, खड्काले नेपालखबरसँग भने।

नयाँ नेतृत्व चयनका लागि यही मंसिर १० देखि १२ गतेसम्म एमालेको १०औं राष्ट्रिय महाधिवेशन हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .