नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन एमालेको सबै सम्पत्ति केपी ओली समूहले खोसेको आरोप लगाएका छन्।
नेकपा एकीकृत समाजवादी इटहरी उपमहानगर कमिटीको पार्टी कार्यालय निरीक्षणमा पुगेका अध्यक्ष नेपालले तत्कालीन एमालेको सम्पत्ति अहिले सबै एकलौटी हडपेको बताएका हुन्।
नेपालले उक्त सम्पत्तिमा आफूहरुको समेत भाग लाग्ने बताउँदै कानुनी प्रक्रिया अनुसार हकदावी गर्ने समेत बताए।
जोड्दै जाने हो भने कति अरब पुग्ने हो, भौतिक सम्पत्ति छ, नगद पनि छ। ती सबै खोसेर लगेका छन्। उनैले। कब्जा गरेको छ। नेपालले भने ‘तर पनि केही भएको छैन। फेरि आर्जन गरौंला। हक लाग्छ भने त्यो पनि हकको लागि कानुनी उपायहरू पनि खोजौँला।’
396
Shares
प्रतिक्रिया