इटहरी : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा तीन जनाको उम्मेदवारी पर्दा तीन उपाध्यक्षका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन्।
अध्यक्षमा मुकसाहाङ मेन्याङ्बो, हर्कबहादुर नेम्वाङ र कुबेर श्रेष्ठले उम्मेदवारी दिएका हुन्।
तीनजना उमेदवार मध्ये मेन्याङ्बो र नेम्वाङ सशक्त उमेदवार देखिएका छन्। मेन्याङ्बो नेता वर्षमान पुननिकट मानिन्छन् भने नेम्वाङ जनार्दन शर्मा टिमका हुन्।
त्यसैगरि, एक सचिवमा तीनजनाले उम्मेदवारी दर्ता गरेका छन्। तीन सहसचिवमा १४ जना र एक कोषाध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।
नौ जना पदाधिकारीका लागि हुने निर्वाचनमा दुई सय ५९ जना प्रदेश सदस्यले मतदान गर्नेछन्।
निर्वाचन समितिले बुधबार रातिसम्म मतदान सकेर लगत्तै मतगणना गर्ने कार्यसूची सार्वजनिक गरिसकेको छ।
Shares
प्रतिक्रिया