ad ad

राजनीति


माओवादी प्रदेश १ : नौ पदाधिकारीमा २९ जनाबीच प्रतिस्पर्धा

माओवादी प्रदेश १ : नौ पदाधिकारीमा २९ जनाबीच प्रतिस्पर्धा

कृष्ण बहाब
पुस ७, २०७८ बुधबार २०:५२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) प्रदेश १ कमिटीको ९ पदाधिकारीका लागि २९ जना उमेदवारको अन्तिम नामावली प्रकाशित भएको छ। प्रारम्भिक अवस्थामा ३६ जनाको उम्मेदवारी परेपनि ७ जना उम्मेदवारले नाम फिर्ता लिएपछि २९ जनाबीच निर्वाचन हुने भएको हो। 

अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेकाेमा कुबेर श्रेष्ठ ‘व्याक’ भएका छन्। प्रारम्भिक नामावली सार्वजनिक गर्दा अध्यक्षको प्रतिस्पर्धामा रहेका श्रेष्ठले फिर्ता लिएसँगै अध्यक्ष पदमा २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

निर्वाचन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्षमा दुइ जना र तीन उपाध्यक्षको लागि ८ जनाको उम्मेदवारी परेको हो। 

अध्यक्षमा मुक्साहाङ मेन्याङ्बो र हर्कबहादुर नेम्वाङको प्रतिस्पर्धा हुने छ। मेन्याङ्बो वर्षमान पुन नजिकका हुन भने नेम्वाङ जनार्दन शर्माको टिमका हुन्।

उपाध्यक्षमा यसअघि १२ जनाको उमेदवारी परेकोमा ४ जनाले फिर्ता लिएका हुन्। जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दिरा मिश्र र मोहन बहादुर खत्री रहेका छन्। 

त्यसैगरि, एक सचिवमा तीन जनाले उम्मेदवारी दर्ता गराएका थिए। अन्तिममा भने एक जनाले फिर्ता लिए २ जनाबीच प्रतिस्पर्धा हुने छ। जसमा गणेश उप्रेती, सुशील र सिपी कडरिया रहेका छन्।

तीन सहसचिवमा १३ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन्।

मङ्सिर २५ र २६ गते भएको प्रदेश अधिवेशनले २५९ जनाको कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको नेकपा माओवादी केन्द्रले पदाधिकारी भने सहमतिमा छान्न सकेको थिएन। निर्वाचनको मतदान र मत परिणाम पनि आजै रातिसम्ममा आइसक्ने निर्वाचन समितिले जनाएको छ।

नौ जना पदाधिकारीका लागि हुने निर्वाचनमा दुई सय ५९ जना प्रदेश सदस्यले मतदान गर्नेछन्। निर्वाचन समितिले आजै मतदान र आजै मतगणना गर्ने कार्यसूची सार्वजनिक गरिसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .