राजनीति


प्रदेश २ मा कांग्रेस महामन्त्रीको नतिजामा विवाद, पराजितले दिए उजुरी

प्रदेश २ मा कांग्रेस महामन्त्रीको नतिजामा विवाद, पराजितले दिए उजुरी

नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशन आयोजित जनकपुरस्थित गोपाल धर्मशालाको प्रांगण। यो तस्बिर उद्घाटन बेलाको हो।


शैलेन्द्र महतो
पुस १०, २०७८ शनिबार ५:२९, जनकपुर

नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि भएको निर्वाचनमा महामन्त्री पदको नतिजामा विवाद भएको छ। 

महामन्त्री पदमा १३ मतले हारेका नरेश यादवले परिणामप्रति आपत्ति जनाउँदै उजुरी दिएका हुन्। 

पहिले आफूलाई विजयी घोषणा गरेर पछि आफ्नो स्थानमा वृहस्पति कृष्ण श्रेष्ठलाई ल्याइएको यादवको दाबी छ। यसलाई सच्याउन माग गर्दै उनले कांग्रेसको प्रदेश निर्वाचन समितिमा उजुरी हालेका हुन्। 

निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार विजयी श्रेष्ठका पक्षमा ७८८ मत छ भने पराजित यादवले ७७५ पाएका छन्। 

यादवका समर्थकले परिणामप्रति विरोध गरिरहँदा श्रेष्ठका समर्थक भने विजयोत्सव मनाइरहेका थिए। 

यादवले उजुरीमा सुरुमा आफूलाई विजयी घोषणा गरिएको भिडिओसमेत आफूसँग सुरक्षित रहेको दाबी गरेका छन्। 

यो पनिकांग्रेस प्रदेश २ अधिवेशन: निधि–कोइराला समूह हराउँदै आठै पदाधिकारीमा देउवा पक्ष विजयी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .