राजनीति


प्रचण्डसहितले लिए माओवादी केन्द्रीय सदस्यको शपथ (तस्बिर)

प्रचण्डसहितले लिए माओवादी केन्द्रीय सदस्यको शपथ (तस्बिर)

केन्द्रीय सदस्यको शपथ लिँदै प्रचण्डसहितका नेताहरु। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
पुस १९, २०७८ सोमबार १६:५६, काठमाडौँ

माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित २३७ जना केन्द्रीय सदस्यहरुले सोमबार शपथ लिएका छन्। 

आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकस्थल ललितपुरको हेरिटेज प्लाजा, सानेपा हाइटमा पुष्पकमल दाहाल प्रचण्डसहितले केन्द्रीय सदस्यको शपथ लिएका हुन्। 

बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले आफ्नो नाम दर्ता गराइसकेपछि निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ खुवाएको हो। 

माओवादीमा अझै ६२ जना केन्द्रीय सदस्य र अध्यक्षबाहेक १४ जना पदाधिकारी टुंगो लाग्न बाँकी छ। यो बैठकले अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .