राजनीति


प्रधानमन्त्रीले समय नदिएपछि संकलित हस्ताक्षर प्रशासनमार्फत पठाइयो

प्रधानमन्त्रीले समय नदिएपछि संकलित हस्ताक्षर प्रशासनमार्फत पठाइयो

नेपालखबर
असार ६, २०७६ शुक्रबार १२:४,

 नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।

नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले शुक्रबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई सो विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाएको हो।

प्रधानमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत सो विधेयक फिर्ताका लागि दवाव स्वरुप पत्रकारहरुले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाइएको महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले जानकारी दिए।

महासंघले सो विधेयक फिर्ता लिन दवाव दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरुको हस्ताक्षर अभियान संकलन गरेको थियो। सोही हस्ताक्षर आज देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो।

महासंघले सो विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ। प्रेसमाथि अंकुश लगाउने गरी आएको सो विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad