ad ad

राजनीति


एमाले अधिवेशन: कपिलवस्तु अध्यक्षमा डम्मर शर्मा विजयी, दोहोर्‍याएर मत गन्दा अर्कै भए सचिव

एमाले अधिवेशन: कपिलवस्तु अध्यक्षमा डम्मर शर्मा विजयी, दोहोर्‍याएर मत गन्दा अर्कै भए सचिव

एमाले कपिलवस्तुको अध्यक्षमा विजयी डम्मर शर्मा।


सुदीप भण्डारी
पुस २५, २०७८ आइतबार ११:५१, कपिलवस्तु

नेकपा एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा २ सय ३८ मत प्राप्त गरी शर्मा जिल्ला अध्यक्ष चुनिएका हुन्। 

उनका प्रतिस्पर्धीद्वय बाबुराम खनालले १८६ मत र नेत्र अधिकारीले १ सय भाेट पाए। 

यस्तै उपाध्यक्षमा विश्रामप्रसाद थारु ३ सय ४५ मतका साथ विजयी भएका छन्। प्रतिस्पर्धी हीरालाल पौडेलले १ सय ६६ मत ल्याए।

सचिव पदमा भने सुरुमा विश्व कार्की चुनिएकाे भनिए पनि पुन: मत गणना गर्दा सीबी गहतराज २ मत बढी ल्याएर विजयी भएका छन्। ​

​सार्वजनिक अन्तिम परिणामअनुसार ​विजयी गहतराजले १ सय ७८ मत ल्याएका छन् भने कार्कीले १ सय ७६ भाेट पाएका छन्। 

यस्तै उपसचिव खुलामा अर्जुन केसी १३१ मत प्राप्त गरी विजयी भएका  छन्। केसीले १ सय ३१ मत प्राप्त गर्दा पराजित विकास आचार्यले ६१, तेजेन्द्र पाण्डेले ५८, विनोद चौधरीले २६ भाेट ल्याएका छन्। 

महिला उपसचिवमा भने सुशीला दर्लामी सर्वसम्मत चयन भइसकेकी छन्।​

यी पनि

एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, यी हुन् अध्यक्ष

सुदूरपश्चिममा एमाले अधिवेशन : कुनै जिल्लामा जुटेन सहमति, निर्वाचन हुँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .