ad ad

राजनीति


एमाले कञ्चनपुर अधिवेशन : ओलीको सर्कुलरविपरीत प्यानलसहित चुनाव हुँदै

‘पातल’ र विष्ट समूहको भिडन्त
एमाले कञ्चनपुर अधिवेशन : ओलीको सर्कुलरविपरीत प्यानलसहित चुनाव हुँदै

फाइल तस्बिर : कञ्चनपुर एमाले अध्यक्षका उम्मेदवार वीरबहादुर थापा ‘पातल’ र सुरेन्द्र विष्ट।


गोकुल जोशी
पुस २७, २०७८ मंगलबार ८:४६, महेन्द्रनगर

नेकपा एमालेको कञ्चनपुर जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न आज (मंगलबार) निर्वाचन हुँदै छ। 

अहिले बिहान ११ बजे चुनावी कार्यक्रम सुरु गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत पुष्पराज ओझाले जानकारी दिए।

वर्तमान अध्यक्ष वीरबहादुर थापा (पातल) र सचिव सुरेन्द्र विष्ट प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेश कमिटीले सर्वसम्मत नेतृत्व छान्न निर्देशन दिएका छन्। सहमति नजुटे चुनाव गर्नु पर्ने भए प्यानल नबनाउन सर्कुल जारी गरिएको छ।

सर्वसम्मत नेतृत्व छान्न लामो समय छलफल भए पनि आकांक्षीबीच सहमति नजुटेपछि निर्वाचनबाट नेतृत्व छान्न लागिएको हो। 
निर्वाचन अधिकृत ओझाका अनुसार अध्यक्षमा थापा र विष्टको उम्मेदवारी परेको छ। 

यस्तै थापाको प्यानलबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोक चन्द, उपसचिवमा ईश्वरा कुँवर र शेरबहादुर चन्द उम्मेदवार छन्। 

सचिवका उम्मेदवार चन्दले यसअघि अध्यक्षमा दाबी गरेका थिए। विष्टको प्यानलबाट उपाध्यक्षमा  लक्ष्मी बुढा, सचिवमा पल्लबराज भट्ट तथा उपसचिवमा फैरु तामाङ र कर्णबहादुर चन्दको उम्मेदवारी परेको छ।

यो पनिएमाले कञ्चनपुर : लेखराज भट्ट र निरु पालको टकरावले जुटेन सहमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .