ad ad

राजनीति


पहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने सोचमा रहेको सत्ता गठबन्धनले आज के निर्णय गर्ला?

पहिले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने सोचमा रहेको सत्ता गठबन्धनले आज के निर्णय गर्ला?

फाइल तस्बिर : उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक


नेपालखबर
माघ ६, २०७८ बिहिबार १०:२१, काठमाडौँ

सरकार सञ्चालनका लागि सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज (बिहीबार) बस्दै छ।

समितिका एक नेताका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ। 

बैठकले पहिला स्थानीय तहको निर्वाचन गर्ने वा प्रदेश र प्रतिनिधि सभाकाे चुनाव गर्ने भन्ने निर्णय गर्नेछ। 

यसअघि निर्वाचन आयोगले प्रस्ताव गरेको मितिमै स्थानीय तहको निर्वाचन गर्न सहमत सत्ता गठबन्धनका तीन दलले स्थानीय तहको भन्दाअघि संघीय संसदको निर्वाचन गर्न प्रस्ताव राखेका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले संघीय संसदको निर्वाचन गरेर मात्रै स्थानीय तहको गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।

स्थानीय तह निर्वाचन मिति तोक्न आयोगले दिएको समयसीमा सकिन लाग्दै गर्दा सत्ता गठबन्धनका तीन दलबाट उक्त प्रस्ताव आएको हो। 

तीनै दलले पार्टीभित्र आन्तरिक छलफल गरेर स्थानीय तहको निर्वाचनअघि संघीय संसदको गर्न सकिने निचोड निकालेका हुन्।

यसबारे आज बस्ने उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठकमा छलफल हुने बताइएको छ। 

यसअघि मंगलबार बसेको समितिको बैठकमा पनि पहिले संघीय संसदको निर्वाचन प्रस्ताव आएको नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले बताए। त्यस बैठकमा शीर्ष नेतामध्ये एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादव थिएनन्।

आजको बैठकले निर्वाचबारे एउटा निर्णय गर्ने बालुवाटार स्रोतले जनाएको छ। 

यो पनिसत्ता गठबन्धनमा ट्विस्ट : स्थानीय तहभन्दा पहिले प्रदेश र प्रतिनिधिसभा निर्वाचन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .