सत्तारुढ नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संवैधानिक व्यवस्थाअनुरूप स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन्।
सत्ता साझेदार दलबीच स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा छलफल चलिरहेका बेला उनले संविधानअनुसार पहिले स्थानीय तहकै चुनाव हुनुपर्ने धारणा राखेका हुन्।
नेता पौडेलले संविधानले निर्दिष्ट गरेको समयसीमा भित्रै क्रमबद्ध निर्वाचन सम्पन्न गर्नुको अर्को विकल्प नभएको स्मरण पनि दलहरूलाई गराएका छन्।
‘स्थानिय निकाय (तह) को निर्वाचन संवैधानिक व्यवस्थाअनुरूप हुनुपर्छ। जुन व्यवस्था ल्याउन र जोगाउन लामो संघर्ष चलिरहेको ,छ त्यो उपलब्धिलाई रक्षा गर्नु, संस्थागत विकास गर्नु कांग्रेसको जिम्मेवारी हो’, उनले शुक्रबार बिहान ट्विटरमा लेखेका छन्, ‘संविधानले निर्दिष्ट गरेको समयसीमा भित्रै क्रमबद्ध निर्वाचन सम्पन्न गर्नुको अर्को विकल्प छैन।’
Shares
प्रतिक्रिया