राजनीति


बाबुराम भट्टराईको चेतावनी : एमसीसी पारित गरौं, गठबन्धन नटुटोस्

बाबुराम भट्टराईको चेतावनी : एमसीसी पारित गरौं, गठबन्धन नटुटोस्

नेपालखबर
माघ १७, २०७८ सोमबार ५:६, काठमाडौँ

सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी)  सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन्। अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने चेतावनी पनि दिएका छन्।  

एमसीसी पारित नभए देश थप कंगाल हुने दाबी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भनेर सचेत पनि गराएका छन्। 

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऊँ’, डा. भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्। देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’

यी पनि

एमसीसीबारे कार्यदलले प्रतिवेदन नलेखेर देउवालाई किन दियो मौखिक सुझाव?

गठबन्धन टुटे टुटोस्, सरकार ढले ढलोस्, एमसीसी पास गर्न हुँदैन : युवराज दुलाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad