राजनीति


मन्त्री बन्ने विषयमा मलाई केही थाहा छैनः उपसभामुख तुम्बाहाम्फे

मन्त्री बन्ने विषयमा मलाई केही थाहा छैनः उपसभामुख तुम्बाहाम्फे

नेपालखबर
मंसिर ४, २०७६ बुधबार ८:३२,

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफू मन्त्री बन्ने विषयमा आफैलाई केही जानकारी नभएको बताएकी छन्।

उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न लागेको चर्चा चलिरहेका बेला नेपालखबरसँग कुरा गर्दै तुम्बाहाम्फेले आफूलाई मन्त्री बन्नुपर्छ भनेर कसैले नभनेको बताइन्। ‘मैले कसैलाई मन्त्री बनाइदिनु प¥यो भनेकी छैन र कसैले मलाई मन्त्री बन्नुपर्छ पनि भनेको छैन’, उनले भनिन्।

बुधबार हुने मन्त्रिपरिषद हेरफेरमा तुम्बाहाम्फे पनि मन्त्री बन्न लागेको चर्चा छ। तर, उनले यस विषयमा प्रधानमन्त्री ओली र पार्टीसँग कुनै छलफल नभएको बताइन्।

उपसभामुख शिवमायाले यसअघि पनि आफू मन्त्री भन्दा सभामुखका लागि उपयुक्त भएको बताउँदै आफ्नो पहिलो दावी मन्त्रीका लागि नभई सभामुखका लागि हुने बताउँदै आएकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad