ad ad

राजनीति


गठबन्धनप्रति असन्तुष्टि जनाउँदै इटहरीमा माओवादीको मनोनयन दर्ता

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै इटहरीमा माओवादीको मनोनयन दर्ता

सुमन पुरी
बैशाख १२, २०७९ सोमबार २२:११, विराटनगर

इटहरी उपमहानगरमा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख सहितका पदमा मनोनयन दर्ता गराएको छ।

गठबन्धनप्रति असन्तुष्टि जनाउँदै माओवादीले आफूहरुलाई पेलेर गएको भन्दै छुट्टै मनोनयन दर्ता गराएको हो।

माओवादी केन्द्रका तर्फबाट मजदुर नेता भानु मैनालीले प्रमुख पदमा र शुशिला उप्रेतीले उपप्रमुख पदमा मनोनयन दर्ता गराएका हुन्।

गठबन्धनका क्रममा इटहरी उप महानगरमा कांग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख दिने केन्द्रमा सहमति भएको थियो।

केन्द्रमा मुख्य पदमा सहमति भएपनि वडा विभाजनका विषयमा कुरा समेत हुन नसक्दा माओवादीले मनोनयन दर्ता गराएको हो। माओवादी प्रदेशका उपाध्यक्ष शिव डाँगीले गठबन्धन दलहरुले पेलेर गएकाले आफूहरुले अस्तित्वका लागि भएपनि मनोनयन दर्ता गराएको बताए।

माओवादी केन्द्रले सवै वडामा अध्यक्ष सहित मनोनयन दर्ता गरेको छ। प्रमुखका उम्मेदवार मैनालीले पार्टीले गठबन्धन गरेको भएपनि यहाँ छलफल समेत नगरेकाले बाध्य भएर मनोनयन दर्ता गरेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .