राजनीति


प्रधानमन्त्रीको अमेरिका भ्रमण गठबन्धनबाट अनुमोदन, कुनै सम्झौतामा हस्ताक्षर नगर्ने

प्रधानमन्त्रीको अमेरिका भ्रमण गठबन्धनबाट अनुमोदन, कुनै सम्झौतामा हस्ताक्षर नगर्ने

फाइल तस्बिर


नेपालखबर
असार ५, २०७९ आइतबार १२:३२, काठमाडौँ

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणमा कुनै सम्झौता नगर्ने सहमति जुटेको छ।

आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा अमेरिकामा हुन लागेको कार्यक्रममा सहभागी हुन जाने तर, प्रधानमन्त्रीले कुनै समझदारी नगर्ने सहमति भएको हो।

‘प्रधानमन्त्री अमेरिका भ्रमणमा जाने तर कुनै सम्झौता र समझदारी नगर्ने सहमति भएको छ,’ बैठकमा सहभागी एक नेताले नेपालखबरसँग भने।

अमेरिकी सैन्य रणनीति स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता मस्यौदामा हस्ताक्षर गर्न नेपाली सेना र नेपाल सरकारलाई अमेरिकी सेनाले ताकेता गरेपछि प्रधानमन्त्रीलाई अमेरिका भ्रमण नगर्न संसदीय समितिले सुझाव दिएको छ।

प्रधानमन्त्रीले उक्त सुझावलाई पालना नगरी भ्रमणमा जाने निर्णय गठबन्धनबाट अनुमोदन गराएका हुन्।

बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट फिर्ता बोलाएर नयाँ मन्त्री मन्त्री पठाउने पार्टी निर्णय कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .