राजनीति


सर्वोच्चमा राधेश्याम अधिकारीको प्रश्न : विश्वराज अयोग्य हुँदा सहकुल थिए, कसरी तेस्रो वरीयतामा पुग्यो?

सर्वोच्चमा राधेश्याम अधिकारीको प्रश्न : विश्वराज अयोग्य हुँदा सहकुल थिए, कसरी तेस्रो वरीयतामा पुग्यो?

फाइल फोटो


नेपालखबर
असार ५, २०७९ आइतबार १२:२५, काठमाडौँ

नेपाल प्रहरीमा आईजीपी बढुवाविरुद्धको रिटमा आइतवार सर्वोच्च अदालतमा बहस भइरहेको छ। आइतवार सबैभन्दा पहिले रिट निवेदक एआईजी विश्वराज पोखरेलका तर्फबाट अधिवक्ता पूर्णमान शाक्यले बहस गरेका छन्। 

हेर्दा हेर्दैमा राखिएको मुद्दामा आइतवार जारी बहसका क्रममा शाक्यपछि वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले सहभागी हुँदै आईजीपी नियुक्तिमा सरकारले वरीयता मिचेको दाबी गरे। 

'विश्वराज अयोग्य भएका हुन् भने सहकुल थापा आईजीपी हुनु पर्ने हो। कसरी तेस्रो वरियतामा गएर सरकारले बनायो?', उनले भने, 'धीरजभन्दा सहकुल एक वर्ष सिनियर हुन्।'

सांसदसमेत रहेका अधिकारीले विश्व एसएसपी हुँदा पनि कसैले उजुरी नगरेको तर्क गरे। 'विश्वराज एसएसपी हुँदा पनि कसैले उजुरी गरेनन्', उनले भने, 'डीआईजी र एआईजी हुँदा पनि उजुरी गरेनन्। तर तर धीरजविरुद्ध एआईजी हुँदाकै मुद्दा सर्वोच्चमा छ।' 

यसअघि बहस गर्दै शाक्यले विश्वराजलाई नै वरिष्ठताका आधारमा आईजीपी बनाएर यदि उनले काम नगरेको अवस्थामा धीरजप्रताप सिंहलाई नियुक्त गरिनुपर्ने तर्क गरे। 

'यदि विश्वराजले काम गर्न सकेनन् भने उनलाई हटाएर धीरजलाई सरकारले नियुक्त गर्न सक्छ', उनले भने, 'त्यो अधिकार सरकारलाई छ। तर जेष्ठ एआईजीलाई बढुवा नगरि धीरजलाई बढुवा गर्नु ठीक भएन।'

सर्वोच्चमा पनि मुद्दा रहिरहेको विवादित व्यक्तिलाई आईजीपी बनाउनुपर्ने कारण सरकारले दिनुपर्ने उनले बताए। 

'अनि त्यही विवादित व्यक्तिलाई आईजीपीका लागि छान्नु पर्ने कारण के पर्‍यो सरकारलाई?', उनले बहसका क्रममा भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .