राजनीति


साँझ सत्ता गठबन्धनको बैठक

साँझ सत्ता गठबन्धनको बैठक

नेपालखबर
साउन २, २०७९ सोमबार ११:३४, काठमाडौँ

नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सोमबार साँझ ६ बजे बस्ने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमणबाट फर्के लगत्तै गठबन्धनको बैठक बस्न लागेको हो।

सोमबार विहान गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्द कोइराला (बन्दी) ले अध्यक्ष प्रचण्डसँग खुमलटार निवासमै पुगेर भेट गरेका छन्।

संसदमा पेश भएर छलफलका लागि पारित भएको नागरिकता विधेयकका विषयमा प्रचण्ड लगायतका नेताहरुसँग गृहमन्त्री खाण र कानुनमन्त्री बन्दीले ब्रिफिङ गरेका छन्।

‘आज साँझ गठबन्धनका दलहरुको बालुवाटारमा छलफल राखिएको छ,’ प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad