ad ad

राजनीति


देउवासँग विद्राेह गरेका कर्ण मल्ल बने कांग्रेस (बीपी)को वरिष्ठ उपसभापति

देउवासँग विद्राेह गरेका कर्ण मल्ल बने कांग्रेस (बीपी)को वरिष्ठ उपसभापति

फाइल फोटाे


नेपालखबर
साउन ११, २०७९ बुधबार १५:५९, काठमाडौँ

नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल नेपाली कांग्रेस (बीपी)  मा प्रवेश गरेका छन्।

कांग्रेस (बीपी) ले बुधबार आयोजना गरेको पार्टी प्रवेश समारोहमा उनी प्रवेश गरेका हुन्।

मल्लले स्थानीय तह निर्वाचनमा डडेल्धुरामा कांग्रेस बीपीलाई सघाएका थिए।

कांग्रेस बीपीले डडेल्धुरामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो। स्थानीय तह निर्वाचनमा मल्ललाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै कांग्रेसले पार्टीबाट निकालेको थियो। 

मल्ललाई कांग्रेस बीपीले वरिष्ठ उपसभापतिको जिम्मेवारी दिएको छ। उनीसँगै पार्टी प्रवेश गरेका डडेल्धुराका नेताद्वय हरिप्रसाद भट्ट र तहरिसिंह बोहरालाई केन्द्रीय सदस्य बनाइएको छ।

कांग्रेस बीपीका प्रवक्ता शिवप्रसाद सिमखडाका अनुसार केन्द्रीय पदाधिकारी बैठकले दाङका हेमन्तबहादुर मल्ललाई महामन्त्रीको जिम्मेवारी दिइएको छ। 

बैठक पछि जारी विज्ञप्तिमा नागरिकता विधेयक अविलम्ब खारेज गर्न र बढ्दो महँगी नियन्त्रण गरेर जिविकोपार्जन सरल बनाउन सरकारसँग माग गरिएको छ।

देउवा दाजु, मलाई घरबाट निकाल्नु भयो, अब जनतामाझ जाँदैछु : कर्ण मल्ल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .