पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा आकस्मिक भेट भएको छ।
त्यस क्रममा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृति/विसंगतिबारे विचार आदानप्रदान भएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
भेटका क्रममा डा. केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको भन्दै डा. भट्टराईले डा. केसीप्रति आभार प्रकट गरेका छन्। साथै उनले डा. केसीलाई नेपाली गान्धी भनेर प्रशंसा गरेका छन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आसन्न निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट लड्ने बताएका छन्।
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि देशभर एकसाथ निर्वाचन हुँदै छ।
543
Shares
प्रतिक्रिया