राजनीति


राजनीतिक दलप्रति रामकुमारीको वितृष्णा, भन्छिन् : अब व्यक्ति र एजेन्डाले जित्ने हो

मंसिर ४ नयाँ सुरुवातको बिन्दु भएको तर्क
राजनीतिक दलप्रति रामकुमारीको वितृष्णा, भन्छिन् : अब व्यक्ति र एजेन्डाले जित्ने हो

रिपोर्टर्स क्लब बुटवलमा रामकुमारी झाँक्री। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ २३, २०७९ बिहिबार १५:०, बुटवल

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मंसिर ४ गतेको चुनावले मुलुकको नयाँ प्रस्थान बिन्दु तय गर्न सक्ने बताएकी छन्। 

अहिलेको दलीय संरचनामा लामो समयसम्म एउटै व्यक्तिले बर्चस्व कायम गर्ने परम्परा रहेको भन्दै उनले अब त्यो तोड्नु आवश्यक भएको बताइन्। 

रिपोर्टर्स क्लब लुम्बिनी कार्यालयले बिहीबार बुटवलमा गरेको कार्यक्रममा झाँक्रीले यो पटक दलभन्दा व्यक्ति र एजेन्डाले चुनाव जित्न सक्ने उल्लेख गरिन्। 

‘दल आफूले बनाएको संरचनाभित्र आफू आफूले एजेण्डा सेटिङ र उम्मेदवार फिक्स गर्ने कुराले नयाँलाई मौकाभन्दा पनि लामो समय व्यक्तिको बर्चस्व कायम गर्ने परम्परा छ,’ उनले भनिन् ‘आजको मनोविज्ञान हेर्दा नयाँ केही सोच्दैछौँ जस्तो लागेको छ। त्यसो भए मंसिर ४ हाम्रा लागि ठूलो परिघटना अनि नयाँ प्रस्थानका लागि तयार छ कि जस्तो लाग्छ।’

झाँक्रीले दलहरूको सैद्धान्तिक आधार भत्किसकेर प्रभावकारिता कम हुँदै गएकाले अब दलभन्दा व्यक्ति छान्ने अवस्थासम्म आएको उल्लेख गरिन्। 

उनले गुल्मीमा पार्टीगत रुपमा आफू कमजोर भए पनि एजेण्डाका कारण चुनाव जित्ने बताइन्। 

‘मेरो प्रतिस्पर्धा गर्ने आधार एजेण्डा हो। जहिले पनि घुँडा छोएर, रोनाधोना गरेर, एजेन्डाविहीन भएर चुनाव जित्ने दिन गए,’ उनले भनिन्। 
 
गुल्मी क्षेत्र नम्बर २ मा गठबन्धनबाट टिकट पाएमा उनको प्रतिस्पर्धा एमालेका सचिव गोकर्ण विष्टसँग हुने निश्चित छ। 

झाँक्रीले अब दलहरूको सिन्डिकेट भत्काउनुपर्ने भन्दै पात्र,प्रवृति र एजेण्डा सबै फेरेर नयाँ सुरुवात गर्ने बेला आएको बताइन्।

उनले काठमाडौँमा बालेन शाहले जित्दा आफू खुशी भएको सुनाइन्। 

एकीकृत समाजवादी गुल्मी इन्चार्ज गणेश खनाल र अध्यक्ष नरेश भण्डारी एमालेमा फर्केर चुनावमा केही फरक नपर्ने झाँक्रीले दाबी गरिन्। 

‘उहाँ भएपछि जिल्लामा एउटा वडा र शाखा कमिटी पनि बनेको थिएन। एउटा मान्छे पनि पार्टीमा जोडिएको थिएन,’ उनले भनिन्, ‘उहाँले निर्वाचन हाँक्नुहुन्थ्यो कि हाँक्नुहुन्थेन भन्ने कुरा यसैले देखिन्छ।’ 

प्रदीप ज्ञवाली र गोकर्ण विष्टप्रति लक्षित गर्दै झाँक्रीले २ जना मान्छे प्रवेश गर्दा एकताको ब्यानर प्रदर्शन गर्नु हतास मनस्थितिको उपज भन्दै भ्रम सिर्जना गरिएको उल्लेख गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad