राजनीति


चिनियाँ नेता लीले देउवा, प्रचण्ड र ओलीलाई आज भेट्ने, के–के छन् कार्यक्रम?

चिनियाँ नेता लीले देउवा, प्रचण्ड र ओलीलाई आज भेट्ने, के–के छन् कार्यक्रम?

फाइल तस्बिर


नेपालखबर
भदौ २८, २०७९ मंगलबार ६:५१, काठमाडौँ

चिनियाँ सभामुख ली चाङ्सु सोमबारदेखि ३ दिने नेपाल भ्रमणमा छन्। सोमबार अपरान्ह सवा ३ बजे चिनियाँ विशेष विमानबाट नेपाल आएका सभामुख लीका अधिकांश राजनीतिक भेट मंगलबार (२८ भदौ) हुँदैछ। 

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनासँग मंगलबार बिहान सवा ९ बजे संघीय संसद भवनमा भेटवार्ता गर्ने कार्यसूची रहेका छन्। त्यसपछि सभामुख लीले अन्य नेपाली नेताहरुसँग भेटवार्तालाई निरन्तरता दिने छन्। 

संसद भवनमै मंगलबार बिहान १० बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब ४५ मिनेट वार्ता हुने छ।

त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग पौने ११ बजे भेटवार्ताको कार्यसूची छ। 

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गरेपछि साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ।

खानापछि दिउँसो ३ बजे सभामुख ली र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच करिब ४० मिनेट भेटवार्ता समय निर्धारण गरिएको छ। 

लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि मंगलबार नै भेट गर्ने भएका छन्। बेलुकी अपरान्ह ४ बजेर ५ मिनेटदेखि बालुवाटारमा प्रधानमन्त्री देउवासँग आधा घण्टा वार्ता हुने बताइएको छ।

लीले सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका थिए। विमानस्थलमा लीको स्वागतका लागि सभामुख सापकोटा आफैं पुगेका थिए।

चिनियाँ नेता ली नेपाल आउँदा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। चिनियाँ नेता लीको सुरक्षामा नेपाली सेनाले कर्णेल नेतृत्वको टोली परिचालन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .