राजनीति


ओलीलाई भेटेलगत्तै चिनियाँ नेता लीसँग प्रचण्डको भेटवार्ता

ओलीलाई भेटेलगत्तै चिनियाँ नेता लीसँग प्रचण्डको भेटवार्ता

तस्बिर : प्रचण्डकाे सचिवालय


नेपालखबर
भदौ २८, २०७९ मंगलबार ११:५९, काठमाडौँ

चिनियाँ नेता चाङ्सु ली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

संघीय संसद भवन, नयाँबानेश्वरमा नेता ली र प्रचण्डबीच भेटवार्ता भएको उनको सचिवालयले जानकारी दिएको छ। 

३ दिने नेपाल भ्रमणमा रहेका लीलाई सोमबार सभामुख अग्निप्रसाद सापकोटाले विमानस्थलमा स्वागत गरेका थिए। 

मंगलबार बिहानैबाट ली विभिन्न उच्चस्तरीय राजनीतिक भेटघाटमा ब्यस्त छन्। उनले आजै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग भेट गरेका थिए। 

तिमल्सिनासँगको भेटपछि लीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे। 

त्यसपछि प्रचण्डसँग भेट भएको हो। 

त्यसबीचमा केही समय संसद भवनमा अरु सांसदहरुसँग संवाद गर्ने कार्यसूची रहेको छ। साढे १२ बजे लीसहितको चिनियाँ टोली खानाका लागि सोल्टी होटल प्रस्थान गर्ने कार्यसूची रहेको बताइएको छ।

त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेट हुने कार्यसूची छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .