राजनीति


चिनियाँ नेता लीसँग एमाले अध्यक्ष ओलीले उठाए पाँच विषय

चिनियाँ नेता लीसँग एमाले अध्यक्ष ओलीले  उठाए पाँच विषय

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १२:४८, काठमाडौँ

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पाँच विषयमा छलफल भएको छ।

मंगलबार विहान नयाँ बानेश्वरस्थित संसद भवनमा भएको भेटमा चाङ्सुले चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश सुनाएका थिए। 

औपचारिक वार्तामा सहभागी एमालेका एक पदाधिकारीले नेपालखबरलाई दिएको जानकारी बीआरआइ, तातोपानी र रसुवा नाका खोल्ने विषय, नेपालको पछिल्लो राजनीतिक अवस्था, एक चीन नीति र पार्टीगत विषयमा कुरा भएको थियो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालक अनुसार अध्यक्ष ओलीले रणनीतिक योजना भएको बीआरआइबारे चासो राखेका थिए। ‘बीआरआइ परियोजनामा नेपालले गरेको सम्झौता यथाशिघ्र कार्यान्वयन गराउनुपर्छ, यसबाट लाभ लिनुपर्छ भन्ने कुरामा प्रतिबद्ध छौँ,’ ओलीको भनाई उदृत गर्दै रिजालले भने, ‘नेपालको विकास निर्माणको कुरामा चीनले गर्दै आएको सहयोग सह्राना गर्दछौं।’

एक चीन नीति प्रति नेपाल सधैँ प्रतिवद्ध रहेको ओलीले प्रतिवद्धता जनाए । ‘एक चीन नीति प्रति नेपाल सधैँ प्रतिबद्ध छ,’ ओलीले भने, ‘यसमा सशंकित नहोस्, चीनलाई हेर्ने दृष्टिकोण नेपालको बदलिने छैन।’

जवाफमा चिनियाँ कंग्रेस अध्यक्ष चाङ्सुले चीन–नेपाल सम्बन्ध निकै पुरानो रहेको बताए। 

‘चीन–नेपाल सम्बन्ध निकै पुरानो हो, हामी असल र पुरानो छिमेकी हौँ,’ अध्यक्ष चाङ्सुले भने, ‘चीनलाई अप्ठेरो पर्ने कुरा नेपालबाट हुने छैन भन्ने कुरामा हाम्रो पूरै विश्वास छ।’

उनले नेपालमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावबाट स्थिति अझ राम्रो हुने विश्वास लिए। ‘नेपाल अब झन् राम्रो हुँदैछ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .