ad ad

राजनीति


प्रचण्डले भने : सिंगो मानवका लागि जनयुद्ध गरियो, अहिले लाखौँको भीडमा पनि एक्लो महसुस हुँदैछ

प्रचण्डले भने : सिंगो मानवका लागि जनयुद्ध गरियो, अहिले लाखौँको भीडमा पनि एक्लो महसुस हुँदैछ

फाइल फोटो


नेपालखबर
भदौ २८, २०७९ मंगलबार १८:५, काठमाडौँ

 सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ-करोडौँ मानिसबीच रहँदा पनि एक्लो महसुस हुन थालेको पीडा व्यक्त गरेका छन्। 

माओवादी केन्द्रका सांसद सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक 'पल पलको मृत्यु'को बुधबार लोकार्पण गर्दै उनले यस्तो भनेका हुन्।

प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिका लागि काम गरेको अनुभूति भएको स्मरण पनि सुनाए। तर जनयुद्ध छाडेर यो अवस्थासम्म आइपुग्दा एक्लो महसुस भइरहेको उनले बताए। 

प्रचण्डले जीवनको बोध हुन छाडेको बताउँदै आफूहरुले स्वार्थका लागि काम गरिरहेको जस्तो लागिरहेको पनि बताए। 

'अहिलेको अवस्था जे-जस्तो भए पनि समाजवादको यात्रा छाडेका छैनौँ', उनले भने, 'हामी कतै स्वार्थमा त अल्झिरहेका छैनौँ जस्तो लाग्न थालेको छ।'

उनले आधुनिक नेपाल निर्माणमा जनयुद्धको ठूलो महत्व रहेको पनि बताए। 'नयाँ नेपाल निर्माणमा जनयुद्धको महत्वलाई कसैले भुल्न हुँदैन', उनले भने, 'युद्धमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई हुँदैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .