ad ad

राजनीति


असोजदेखि सकिँदै संसदको आयु,राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

असोजदेखि सकिँदै संसदको आयु,राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १८:२७, काठमाडौँ

२०७४ मंसिरमा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभा र प्रदेशसभाको आयु यही असोजमा सकिँदैछ। 

यस्तो अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गरेका छन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उहाँहरुलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पुर्‍याउन सुझाव दिइन्। 

'राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ', उनले भनिन्, 'त्यसको निगरानी गर्न र जनतालाई गुणस्तरीय सेवा दिनेलगायतका सामाजिक कार्यमा लाग्नुस्।'  

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर प्रदान गर्ने दल र आममतदातालाई धन्यवाद ज्ञापन गर्न सल्लाह दिइन्। 

उनले जिम्मेवारी प्राप्त गर्ने वा के गर्ने भन्नेमा चिन्ता नलिई ढुक्कसाथ सामाजिक काममा सक्रिय हुन पनि सुझाव दिइन्। 
 
त्यस अवसरमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनकै संयोजनमा काठमाडौँमा आयोजित स्वास्थ्य सतर्कतासम्बन्धी कार्यक्रम तथा प्रदेश सभामुख र उपसभामुखले प्रदेश नं १ को आयोजनामा धनकुटामा भएको आफ्नो कार्यकालको समीक्षाको निष्कर्ष सुनाए। 

उनीहरुले प्रदेशको अभ्यास नयाँ संरचना भए पनि विविध चुनौतीका बीच सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताएका राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले बताए। 

बिदाइ भेट गर्न पाँच प्रदेशका सभामुख र उपसभामुख तथा लुम्बिनी प्रदेशका उपसभामुख शीतल निवास पुगेका हुन्। 

बिदाइ कार्यक्रममा मधेस प्रदेशका सभामुख र उपसभामुख भने उपस्थित थिएनन्। 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते घोषणा भइसकेको छ। 

आगामी असोज १ गतेदेखि कार्यकाल समाप्त हुन लागेका बेला उनीहरुले राष्ट्रपतिसँग बिदाइ भेट गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .