राजनीति


न्यायाधीश नजाने भएपछि महाअभियोग समितिको बैठक सर्‍याे

न्यायाधीश नजाने भएपछि महाअभियोग समितिको बैठक सर्‍याे

नेपालखबर
भदौ २९, २०७९ बुधबार २०:३१, काठमाडौँ

बिहीबार बिहान साढे ८ बजेका लागि बोलाइएको महाअभियोग सिफारिस समितिको बैठक सरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशहरु नजाने भएपछि बैठक सार्ने सल्लाह भएको समितिका सभापति रामबहादुर विष्टले बताए। 

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्चका ६ जना न्यायाधीशहरूलाई बोलाएर सोध्ने भन्दै समितिले बुधबार निर्णय गरेको थियो।

तर समितिको पत्र सर्वोच्च पुगेपछि सर्वोच्च अदालतको फुलकोर्ट बसेर समितिले बोलाए पनि बहालवाला न्यायाधीशहरु त्यहाँ जान नमिल्ने निर्णय गर्दै समितिलाई नआउने जानकारी दिएको हो। 

न्यायाधीशहरूले नआउने भनेपछि समितिको बैठक दिउँसो १ बजे मात्रै बस्ने भएको छ। १ बजे पूर्वप्रधानन्यायाधीशहरुलाई सोधपुछका लागि बोलाइएको छ। उनीहरुलाई पनि चोलेन्द्रले लान्छना लगाएका थिए।

चोलेन्द्रले लगाएका लान्छनाका विषयमा जानकारी लिन पूर्व प्रधानन्यायाधीशहरुलाई समितिले बोलाएको हो। 

यस्तै ३ बजे नेपाल बार एशोसियसन र सर्वोच्च बार एसोसियशनका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूलाई पनि समितिले सोधपुछ गर्ने भएको छ। चोलेन्द्रले उनीहरुलाई पनि विभिन्न लान्छना लगाएका छन्।

आफूमाथि लागेको लान्छनाको विषयमा उनीहरुसँग समितिले बुझ्ने निर्णय गरेको हो। 

यसअघि समितिले चोलेन्द्रसँग ४३ वटा प्रश्नको जवाफ माग गरेको थियो। लिखित प्रश्नको जवाफ चोलेन्द्रले दिइसके पनि उनको बयान सकिएको छैन।

सांसदले चोलेन्द्रको जवाफपछि पूरक प्रश्न सोध्न बाँकी छ। यसका लागि समय भने तय भइसकेको छैन। 

यता, महाअभियोग सिफारिस समिति असोज २ गतेबाट भने सांसदको कार्यकाल सकिने भएपछि निश्कृय हुने भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .