राजनीति


परराष्ट्र सचिव पौड्यालले भेटे भारतीय विदेशमन्त्री

परराष्ट्र सचिव पौड्यालले भेटे भारतीय विदेशमन्त्री

नेपालखबर
भदौ २९, २०७९ बुधबार २०:४४, काठमाडौँ

भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौड्यालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग सिस्टाचार भेट गरेका छन्। 

भेटवार्तामा नेपाल-भारत सम्बन्धबारे कुराकानी भएको थियो। भेटपछि जयशंकरले पौड्याललाई भेट्दा खुशी लागेको उल्लेख गरेका छन्।

उनले ट्वीटमा भनेका छन्, ‘भारतमा रहँदा भएका उहाँ (पौड्याल) का छलफल फलदायी भएको थाहा पाउँदा खुशी लाग्यो।’   

सचिव पौड्यालले हिजो उनका भारतीय समकक्षी विनयमोहन क्वात्रासँग द्विपक्षीय बैठक गरेका थिए।

भेटवार्तामा नेपाल र भारतबीच हालै भएका उच्चस्तरीय भ्रमणमा भएका उपलब्धिको कार्यान्वयन लगायत द्विपक्षीय सहकार्यका विविध बिषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्र सचिव पौड्यालले आजै दिउँसो नेपाली दूतावासका पदाधिकारीसँग अन्तरक्रिया गरी दूतावासका गतिविधिबारे जानकारी लिएका थिए।

नेपाली राजदूत डा शंकर शर्माले सचिव पौड्याल र नेपाली टोलीको सम्मानमा रात्रीभोज आयोजना पनि गरे। 

भारतीय समकक्षी विनय मोहन क्वात्राको निम्तामा परराष्ट्र सचिव पौड्याल मंगलबारदेखि दुई दिने भारत भ्रमणमा छन्। उनको टोलीमा परराष्ट्रका भारत महाशाखा हेर्ने सहसचिव सुधीर भट्टराई पनि छन्।

उनी भ्रमण सकेर भोलि स्वदेश फर्कनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .