ad ad

राजनीति


तेत्तिसकोटी देवता छन्, धर्मका नाममा ढुंगा पुज्दै हिँड्नु ठिक होइन : प्रचण्ड

तेत्तिसकोटी देवता छन्, धर्मका नाममा ढुंगा पुज्दै हिँड्नु ठिक होइन : प्रचण्ड

फाइल तस्बिर


नेपालखबर
असोज १, २०७९ शनिबार १२:७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यात्मवादलाई अन्धविश्वास र अज्ञानताको संज्ञा दिएका छन्। 

शनिवार पार्टी केन्द्रिय कार्यालयमा १० औं राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने काम विज्ञानसम्मत नभएको बताए। 

‘विज्ञान प्रविधिले समानता, समाजवादतिर, न्यायतिर लैजान्छ,’ प्रचण्डले भने, ‘आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर गएको छ। मैले अहिले यसमा डिबेट ठूलो गर्न लागेको होइन्’

प्रचण्डले आध्यात्मवाद वा परम्परागत जडताले विभेदतिर, अपमानतिर, उँचनिच बनाएर मानिसहरुलाई फुटाउनेतिर लैजाने बताए। ‘हामीकहाँ त अब तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार छ नि। मैले फेरि धर्मलाई नेगेटिभ भनेको होइन है,’ प्रचण्डले भने, ‘चुनावको बेला छ, प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त। तर विज्ञान, प्रविधि दिवस भएकाले मैले त्यसलाई अपमान नगरिकन भनेको हो।’

उनले नेपालमा तेत्तिसकोटी देवता हुन्छन्, जताततै देवतालाई पूजा गर्दै हिँड्नुपर्ने, मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पूजा गर्दै हिँड्ने संस्कार रहेको उल्लेख गर्दै नेपाली समाज अझै विज्ञानको क्षेत्रमा पस्न नसकेको बताए। 

उनले नाट्यकार बालकृष्ण समले ‘ज्ञान मर्दछ, हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने कवितांश सही नभएको जिकिर गरे। उनले विज्ञानको दुरुपयोग र सदुपयोग दुवै हुने उल्लेख गर्दै विज्ञानको धेरै भन्दा धेरै सदुपयोग गरी देशको विकास गर्न जरुरी रहेको बताए।

‘प्रकृति के हो, किन चट्याङ किन पर्छ, भन्नेकुरा त्यतिबेलाका मान्छेलाई बुझिसक्नु थिएन । त्यसैले माथि कोही छ, सञ्चालक कोही छ, त्यसको करामत हो भन्दिएपछि त्यसलाई खुशी पारे बाढी, आगो, डढेलो लाग्दैन, महामारी रोगव्याधी आउँदैन भनेपछि एउटा बाच्ने आधार बनाए,’ प्रचण्डले भने, ‘विभिन्न तरिका अपनाए। त्यो अज्ञानतामा आधारित छ। थाहा नपाएर हो। त्यसले कुनै जमानामा मानिसलाई बचायो। विज्ञान प्रविधि आफैँ त कसैको पनि हुँदैन। सबैको हुन्छ , यसले विभेद गर्दैन । तर प्रयोग कर्ताले त्यसलाई दुरुपयोग र सदुपयोग दुवै गर्दछन्।’

सही विचारलाई बोकेर विज्ञानको प्रचारप्रसार र प्रयोग गर्नसके जनताको विकासलाई सहयोग पुग्ने प्रचण्डको भनाई छ। 

‘समाज र  राष्ट्रको समृद्धिको ठूलो माध्यम हुन्छ भन्नेपनि प्रमाणित छ र अझ भयानक विभेद पैदा गर्नको लागि दुरुपयोग पनि गर्नसक्छन् मान्छेले ,’ प्रचण्डले भने, ‘त्यसैले सही कन्टेनसहित त्यसको वितरण र प्रचार पनि सही तरिकाले गरेको खण्डमा फेरि विज्ञान प्रविधि जनताकै हो। विज्ञान प्रविधिले सेवा गर्ने जनता र सत्यको नै हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .